site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरीबन्धुमा प्रश्न उठिरहेका बेला भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन् । 

पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । 

उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे । उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै उनले कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । 

उनले सदनमा विचाराधीन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन ? भन्दै प्रश्न गरे । 

महासचिव गुरुङले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए । 

उनले पछिल्लो समय भ्रष्टहरुलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोप समेत लगाए । सुशासन र मुलुकको स्वाधिनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro