site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैंकहरूको कर्जा प्रवाहमा समस्या छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५८ ‍औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

बैंकहरूको निक्षेपको अनुपात बढे पनि कर्जा प्रवाह हुन नसकेको उनले बताए । अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए । बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको उनले बताए । 

उनले बैंकको क्षमता, सामथ्र्य  र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीलाई आग्रह गरे । बैंक प्रभावकारी रूपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनले बताए । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro