site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी ३२ लाख रुपैयाँ घाटामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ३२ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ । पार्टीले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनले पार्टी ३२ लाख ८७ हजार १६४ रुपैयाँ घाटामा रहेको देखाएको हो ।

गत आर्थिक वर्षमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको लेखा प्रमुख खेमराज पौडेलले बताए । त्यस्तै, खर्चतर्फ चार करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसै वर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण प्रतिवेदनमा उल्लेख छ ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत देखाइएको छ ।

473608145_535852669474532_7791061812847977438_n-1737363049.jpg

474368644_4758728254352716_3207342906916016729_n-1737363054.jpg

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro