site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले विराटनगर–२ का १८ जनाले दिए राजीनामा 
एमालेको झन्डा । फाइल तस्बिर ।

विराटनगर । नेकपा (एमाले)को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् ।

विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ । निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो ।

थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ ।

वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाहानुसार गरिएको एकताको निर्णयविरुद्ध अनावश्यक विवाद सिर्जना गरी सामूहिकतालाई बेवास्ता गरिएको राजीनामापत्रमा उल्लेख छ ।

राजीनामापत्र पढ्नोस्–

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro