site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सैफमाथि आक्रमण : हिरामण्डीमा पक्राउ परेका आरोपीलाई बान्द्रा ल्याइयो 

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा प्रहारका आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई ठाणेको हिरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो । उनी पश्चिम बंगालका हुन् ।

मुम्बई प्रहरीले उक्त घटना आरोपी मोहम्मद अलियान उर्फ बीजेले गराएको दाबी गरेको छ । पक्राउ पर्ने डरले अभियुक्तले यसअघि आफूलाई विजय दास भनेर चिनाएका थिए ।

बिहान ३ः३० बजे आरोपीलाई सोधपुछका लागि बान्द्रा पुलिस स्टेशनमा ल्याइएको छ । उनलाई आज बिहान ११ बजे बान्द्रा होलिडे कोर्टमा पेस गरिने बीबीसीले जनाएको छ । 

बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित आफ्नै घरमा बिहीबार बिहान छुरा प्रहार भएको थियो । त्यसपछि उनलाई उपचारका लागि लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न भवनको सिँढी प्रयोग गरेका थिए, जुन आगोको घटनाबाट बच्न मा प्रयोग गरिन्छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro