site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने

 

काठमाडौं । विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू थप असन्तुष्ट भएका छन् । सरकारले संसद् छलेर अध्यादेश ल्याएकोप्रति उनीहरूको आक्रोश छ । उनीहरूले लामो समयदेखि संसद् अधिवेशन आह्वा गर्न माग गर्दै आएका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू विपक्षीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro