site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन् ।

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैको चिन्ता संविधान, समावेशिता र संघीययताको संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए । सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो ।

“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन”, अध्यक्ष प्रचण्डले भने । सरकारले संविधान र लोकतन्त्रको मर्मविपरीत अध्यादेश ल्याएको उनको आरोप थियो । संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न अध्यक्ष प्रचण्डले सरकारसँग आग्रह गरे ।

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro