site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दुखी आत्मा’को ‘ब्रेकअप’ कविता सार्वजनिक

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को कविता सार्वजनिक भएको छ । निर्माणपक्षले ‘ब्रेकअप’ कविता सार्वजनिक गरेको हो । 

सार्वजनिक कविताको दृश्य सामग्रीमा दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन् । दयाहाङले आँचललाई कविता सुनाइरहेका छन् । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ र आँचल मुख्य भूमिकामा छन् ।  

‘दुखी आत्मा’ एडल्ट विषयवस्तुमा तयार भएको चलचित्र हो । फागुन २ गतेबाट रिलिजमा आउने चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

चलचित्रमा दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, वुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro