site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति, संयोजकमा दिलेन्द्रप्रसाद बडू
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा समिति गठन गरेको हो ।

बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार, बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ । साथै, दोषीमाथि कारबाहीको माग पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro