site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीहरूलाई कांग्रेसको निर्देशन– पाँच दिन काम गर्नू, दुई दिन सर्वसाधारणलाई सुन्नू

काठमाडौं । नेपाली कांग्रेसले पाँच दिन मन्त्रालयको काम गरेर दुई दिनमात्र सर्वसाधारण र नेता कार्यकर्ताका लागि दिन मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा १० मन्त्री र दुई राज्यमन्त्रीको सामूहिक ब्रिफिङ लिएपछि सभापति देउवाले मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

“हामीले मन्त्रालयगतरूपमा आआफ्ना कमको ब्रिफिङ गर्‍यौँ । पाँच दिन मन्त्रालयको काम र दुई दिन सर्वसाधारणका लागि छुट्याउने निर्देशन भएको छ,” कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासीयाले भने,  “मेरो विभागीय जिम्मेवारी रहेको कानुन मन्त्रालयबाट बन्न बाँकी कानुनका विधेयक छिटो मन्त्रालयमा लैजाने र संसदीय प्रक्रियामा रहेका विधेयकलाई अघि बढाउन तीव्रता दिने भन्ने भएको छ ।” 

उनले ब्रिफिङमा मन्त्रीहरूले आआफ्नो मन्त्रालयमा भइरहेका काम र त्यसका लागि परेका प्राविधिक अप्ठेरा फुकाउन पार्टी नेतृत्वले गर्नुपर्ने सहयोगका विषय राखेको जानकारी दिए । सत्ता गठबन्धनका कारण समस्या भएको विषय भने कुनै पनि मन्त्रीहरूले नउठाएको उनको भनाइ छ ।

“राजनीतिकरूपमा सत्ता गठबन्धनमा बसेर काम गर्दा अप्ठेरो भएको विषय कसैले पनि उठाएको छैन,” मन्त्री चौरासियाले भने, “पार्टीबाट सातबुँदे सहमतिको स्प्रिटमा काम गर्न र आआफ्नो मन्त्रालयको प्रभावकारिता स्थापित गर्ने भूमिकाका लागि निर्देशन भएको छ ।” 

बैठकमा पार्टी पदाधिकारी र संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro