site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ सुरु, उजुरी आह्वान
समितिकी सभापति ईश्वरीदेवी न्यौपाने ।

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध उजुरी आह्वानसमेत गरेको छ ।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त नभएको लागे‍मा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य राखिनेछ ।

"सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु," समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भनिन् ।

अर्को सूचना जारी भएपछि बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro