site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवालाई कांग्रेसका मन्त्रीहरूले सुनाए कार्यप्रगति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बूढानीलकण्ठ बोलाएर सभापति देउवाले मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

"नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूको उपस्थिति छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भएको छ," उनले भने ।

मन्त्री चौधरीले आफूले सम्हालेको मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएको जानकारी दिए ।

उनले अध्यादेशबारे सकारात्मक छलफल भएको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro