site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
९० लाख लगानी गरेका निर्माताको हातमा दुई लाख रुपैयाँ 

काठमाडौं । चलचित्र ‘अग्निदहन’ यो वर्ष बक्सअफिसमा निकै कमजोर हुने सीमित चलचित्रमध्ये एक हो । मंसिर ७ गते रिलिज भएको चलचित्रले दर्शकको साथ नपाउँदा व्यापार पनि राम्रो गर्न नसकेको हो । 

निर्देशक घनश्याम लामिछानेका अनुसार ‘अग्निदहन’ ५० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । रिलिज गर्दा ३० देखि ४० लाख रुपैयाँ बजेट थप भएको थियो । करिब ९० लाख रुपैयाँमा ‘अग्निदहन’ हलमा आइपुगेको थियो । 

यो चलचित्रले सिनेमा हलबाट करिब ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । करिब ९० लाख रुपैयाँमा बनेको चलचित्रमा देशभरबाट ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ । 

६ लाख ग्रसकलेक्सन गर्दा निर्माताको हातमा करिब दुई लाख १० हजार रुपैयाँ पर्छ । ९० लाख लगानी गरेका ‘अग्निदहन’का निर्माताको हातमा दुई लाख १० हजार रुपैयाँभन्दा माथि रकम हात परेन ।   

‘अग्निदहन’ले काठमाडौं उपत्यकामा देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका आउटलेटमा जम्मा तीन शो पाएको थियो । निर्देशक लामिछानेले ‘अग्निदहन’ कमर्सियल चलचित्र नभएको बताएका थिए । 

अग्निदहन’ सामाजिक कथावस्तुमा बनेको चलचित्र थियो । घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय थियो । 

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद थियो । कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन थियो ।  

‘अग्निदहन’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्र हो । “यो चलचित्र वास्तवमा व्यवसायिक प्रयोजनका लागि बनाइएको थिएन । सामाजिक चेतनाका लागि बनाइएको थियो,” निर्देशक लामिछानेले भने, “धेरै ठाउँमा च्यारिटी गरियो । राष्ट्रपतिलाई पनि देखएका थियौँ । भारतमा पनि यो चलचित्र देखायौँ । विद्यार्थीलाई देखायौँ ।” 

यद्यपि, चलचित्रको व्यापार निकै रिस्कमा हुने गरेको ‘अग्निदहन’ले प्रमाणित गरेको छ । राम्रो भएर चल्यो भने अनपेक्षित व्यापार गर्ने तर नचलेको अवस्थामा अधिकांश लगानी डुब्ने सम्भावना हुने निर्देशक लामिछाने बताउँछन् । 

‘अग्निदहन’ व्यापारिक रूपमा सफल नहुनुको कारण भने लिडमा चलेका कलाकार नहुनु र व्यवसायिक सोचले नवनाउनु नै मुख्य कारण भएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro