site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ज्योति साहित्य प्रतिष्ठानले १८ सर्जकलाई सम्मान गर्ने

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको १८औँ वार्षिकोत्सवका अवसरमा देश–विदेशका १८ नेपाली भाषी साहित्यकारलाई सम्मान गरिने भएको छ ।

‘ज्योति साहित्य सम्मान’ अग्रज साहित्यकारहरू कृष्ण प्रधान, भागिरथी श्रेष्ठ, पद्मावती सिंह, लक्ष्मी माली, सुरेन्द्र लिम्बू परदेशी (भारत) र बलराम दहाललाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले जानकारी दिए ।

यस्तै, ‘ज्योति स्रष्टा सम्मान’ शीतल कादम्बिनी, रूकू कार्की, राजनविक्रम थापा, सुरेन्द्र अस्तफल, दिनेश शर्मा, भीम विरही राई र सुमित्रा सुमीलाई प्रदान गरिनेछ ।

‘ज्योति प्रतिभा सम्मान’ रवीन्द्र आशीष शैली, गंगा आचार्य सापकोटा, श्रीराम पाण्डेय र श्रीराम पौडेललाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro