site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कोसीका पूर्वसांसद पार्टीबाट निलम्बित

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथिको कारबाहीको निर्णय अनुमोदन गरेको छ ।

कार्कीलाई पार्टीबाट ६ महिना निलम्बन गर्न सिफारिस गरिएको थियो । प्रदेश कमिटी बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट ०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा आफ्नो अभिमत राखेका थिए । त्यसलाई अनुशासनविपरीत कार्य भन्दै निलम्बन गरिएको हो । कार्की एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् ।

पार्टीको नीतिविपरीत विभिन्न ढंगको क्रियाकलाप गरेकाले उनलाई कारबाही गरिएको एमाले कोसी प्रदेश सचिव राजकुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro