site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने, छोरी पञ्चमी नायिका 

काठमाडौं । निर्देशक तुलसी घिमिरे नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताएका छन् । 

चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । 

निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताएका छन् ।  

उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमा हामी छायांकन गर्दै छौँ ।”

ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्नेछन् । 

चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत कलाकारले अभिनय रहनेछ । रासस

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro