site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन काडैमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । ‘ग्रीन काडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्टलगायत फिचर्ड छन् ।

‘फेरि रेशम फिलिली’ फागुन १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को गीत ‘पारी त्यो डाँडा’ दर्शकमाझ चर्चित बनेको थियो । 

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । 

सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । 

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro