site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् । सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । 

सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । 

अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए । 

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण गरिएको छ । एक सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ । 

संघीय संसद् भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro