site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीसित छलफल गर्दै समिति, प्रधानमन्त्रीको पछिल्लो विदेश भ्रमण पनि कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँच समितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे १० बजे बस्ने तय छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफामा छलफल गरिनेछ ।

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का विषयमा सरोकारवाला र विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । प्रधानमन्त्रीबाट भएको पछिल्लो विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आ. व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिबारे बैठकमा छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न साढे १२ बस्ने तय छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र सचिवलाई बोलाइएको संसद् सचिवालयले जानकारी गराएको छ ।

सिंहदबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro