site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रीतिले ल्याइन् ‘घरको यादले’

सिड्नी । गायिका प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा ल्याएकी छन् । उनी उच्चशिक्षा अध्ययनका क्रममा हाल अस्ट्रेलियाको सिड्नीमा छिन् ।

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।

प्रीति घिमिरे युट्युब च्यानलमा गीतको भिडियो सार्वजनिक गरिएको छ । “गीत–संगीतप्रतिको मोह विदेशमा आएर पनि छाड्न सकिएन । कहिले स्टेजमा त कहिले लाइभ म्युजिकमा पनि गाइयो,” प्रीति भन्छिन्, “व्यस्त जीवनका बीच मेसो मिलाएर भए पनि केही सिर्जना पस्कने सोचमा अगाडि बढिरहेको छु ।”
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro