site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आर्थिक विकासका निम्ति अध्यादेश : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा उनले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गरे । यसलाई सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको उनले बताए ।

उनले शासकीय सुधारसँग सम्बन्धित, उद्योग, व्यवसाय सहज सञ्चालन हुने र सुशासनलाई प्रत्याभूत गर्ने कानुन अघि बढाइएको उल्लेख गरे ।

बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति सरकारले लिएको उनले बताए । मुलुकमा उद्योगको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निम्ति महत्त्वपूर्ण निर्णय गरिएको उनले बताए । आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरिएको उनले सुनाए ।

उनले सरकार निजी क्षेत्रसँग सरकार्य गर्न सधैँ तयार रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro