site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विचार मिले सँगै अघि बढ्छौँ, नत्र सहकार्य गर्छौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिइने बताएका छन् ।

शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै उनले वामपन्थी, कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको उल्लेख गरे । सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिइने उनले स्पष्ट पारे ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताए ।

उनले विचार मिले सँगै अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहे सहकार्य गर्न सकिने सुनाए । सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय छैन । पुनः सक्रिय बनाउन खोजिएको उनले बताए ।

नेपालको राजनीतिमा आफ्नो पार्टीको विशेष महत्त्व भएको उनले बताए । उनले आउँदा दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro