site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
३१ करोड बक्यौता तिरेपछि सुबिसुको लाइसेन्स पाँच वर्षका निम्ति नवीकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सुबिसुको अनुमतिपत्र पाँच वर्षका निम्ति नवीकरण गरेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले तिर्न बाँकी बक्यौता रकम तिरेपछि प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो ।

सुबिसुले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ ८९ पैसा प्राधिकरणलाई बुझाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले सुबिसुको लाइसेन्स पाँच वर्षका निम्ति नवीकरण गरिएको जानकारी दिए ।

गैरदूरसञ्चार सेवामा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क नलाग्ने भन्दै इन्टरनेट कम्पनीले यसअघि यो बक्यौता तिर्न मानेका थिएनन् । तर, सर्वोच्च अदालतले तिर्नुपर्ने फैसला सुनाएको थियो । त्यसपछि सुरुमा वर्ल्ड लिंक र अहिले सुबिसुले बक्यौता तिरेको हो ।

अझै धेरै इन्टरनेट कम्पनीले बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही पुस मसान्तभित्र बक्यौता तिर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro