site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले पृथ्वी जयन्तीमा कार्यक्रम नराखेकोमा राप्रपा असन्तुष्ट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एकता दिवस मनाउन हिनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् । 

राष्ट्रिय एकता दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले हिनताबोधग्रस्त मानिसहरूलाई देशको जिम्मा दिएर देशको भविष्य सुरक्षित नहुने जिकिर गरे । सरकारले पृथ्वी जयन्ती तथा एकता दिवसको सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरेको भन्दै हिनताबोध गरेको उनको आरोप छ । 

पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेन्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नुपरेको उनले बताए । नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न उनले सुझाव दिए । 

देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहे पनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको उनले बताए । 

ठूला भनिएका दलहरुको गलत क्रियाकलापका कारण देश जटिल भूराजनीतिक चक्रव्युहमा फस्न पुगेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro