site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधन : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् । बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने उल्लेख गरे ।

उनले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताए । संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको उनको भनाइ छ । देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताए । सरकार एमालेको नेतृत्वमा भए पनि सैद्धान्तिक र नीतिगत रूपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको बताए ।

नेता सिटौलाले भने, "संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन, संविधानको कुन धाराले जनताको हितमा बाधा पारेको छ, स्थानीय सरकारलाई जनताको काम गर्न केले बाधा गरेको छ ? प्रदेश सरकारलाई केले बाधा गर्‍यो । संघीय सरकारलाई केले बाधा गरेको छ । संविधान जारी भएपछि आजसम्म राज्य सञ्चालन कसरी भयो त्यसको समीक्षा गरौँ ।"

नेता सिटौलाले हालसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताए ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro