site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा जानेले अधिकार मुट्ठीमा राख्दा संघीयता दुर्घटनामा पर्ने देखियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरी कानुन बनाउनुपर्ने बताएका छन् । 

संघीयता सबलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकारसम्पन्न बनाउँदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताए । 

अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दल समेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रूपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए । 

उनले सरकारमा गएकाहरूले पनि अधिकारलाई मुट्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro