site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाश सपूतले सार्वजनिक गरे ‘वसन्त’को पोस्टर 

काठमाडौं । प्रकाश सपूतले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी स्वयं फिचर्ड छन् । 

पोस्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । 

‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ । 

पोस्टर सार्वजनिक गर्दै उनले लोमो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौती समेटेका छन् । 

उनले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन् । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् ।

यो चलचित्र निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा देश–विदेशका कार्यक्रम जान नपाएको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro