site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेता कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् । रासस

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro