site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गजल 

जब सुध्रिन खोज्छ बिग्रेको बानी
धेरै याद आउँछ पुरानो कहानी ।

कतिसम्म प्यासा भएको छु, सोच,
थोरै लाग्न थालेछ, फेवाको पानी ।

स्वादै मैले बिर्सेँ त्यो अधरामृतको,
कहाँ त्यो जवानी, कहाँ जिन्दगानी ।

सहर हो कि जंगल हो बुझ्न सकिनँ,
हराएँ यता किन, म जानी–जानी !

म निस्किन खोज्छु जब यादबाट,
कोही रोक्न थाल्छ, मलाई तानी–तानी ।

मुटुको हरेक भित्तामा टाँसिएछ,
निशानी निशानी, निशानी निशानी ।
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro