site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चार मुक्तक

अमर अधिकारी

१.
जिन्दगी आज नख्खुको जेल भयो
पेट बिगार्ने मिसावटी घिउतेल भयो
आफन्तहरूले सहयोग गर्लान् भनेको त
गिराउने र पछार्ने खतरनाक खेल भयो

२.
जिन्दगी हिँडाउने गोडालाई सन्चो छैन
सधैँ साथ दिने जोडालाई सन्चो छैन
अलमल र निराशमा छु म सधैँ
शिखर पुर्‍याउने घोडालाई सन्चो छैन

३. 
कमरेडको गलामा रुद्राक्ष माला ?
रङ बदल्नेको ठिक छैन चाला
केही सम्झाउन बुझाउन खोज्दा 
रिसाए भने हान्दिन्छन् भाला

४. 
किन उसले राज जमाउन छोड्यो ?
अनि बिस्तारै कमाउन छोड्यो
जीवनभर रमाउने भन्थ्यो उसले
तर किन हो कुन्नि, रमाउन छोड्यो

(बूढानीलकण्ठ)
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro