site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक्समा आयो ग्रोक एआईबाट फोटो बनाएर पोस्ट गर्न सकिने फिचर

काठमाडौं । सामाजिक सञ्जाल एक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित फोटो तत्काल बनाएर पोस्ट गर्न सकिने फिचर ल्याएको छ ।

एक्समा पोस्ट गर्ने ठाउँमा टेक्स्ट, फोटो, गिफ, इमोजीसँगै ग्रोक एआई पनि समावेश गरिएको हो । ग्रोक एआईको आईकनमा क्लिक गरेर आफूले प्रम्पट दिएर तत्काल फोटो बनाएर पोस्ट गर्न सकिन्छ ।

फोटोबाहेक पोस्ट लेख्न तथा इमेल लेख्ने जस्ता कामका लागि समेत ग्रोक एआईको सहायता लिनसकिने सुविधा थपिएको छ ।

यो फिचर वेब तथा मोबाइल एप दुवैमा उपलब्ध भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro