site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले 'पार्टी रूपान्तरण र पुननिर्माणको संकल्प, आजको आवश्यकता' शीर्षकको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो ।

त्यस्तै, अध्यक्षलगायत प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्ने, अगामी कार्ययोजनालगायत एजेन्डा तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिकरूपमा सरकार बनाएको बताएको सापकोटाको भनाइ छ ।

उनका अनुसार, प्रचण्डले संविधान संशोधन नभएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । संविधान संशोधनका लागि राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

त्यस्तै, उनले अन्तर्राष्ट्रिय विषयबारे सरकार उदासीन भएको र असफल भएको गरेका छन् । सरकारको ध्यान भ्रष्टचारी र बिचौलिया जोगाउन केन्द्रित भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro