site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशनको टुंगो लगाउन राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको प्रथम महाधिवेशनको टुंगो लगाउन शुक्रबार बैठक बस्न लागेको राप्रपाले जनाएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए । 

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ ।

उनका अनुसार, राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको छ । रासस

 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro