site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले संसद्‌मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिए । बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो ।

संसद्‌मा विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्यव्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो ।

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले संघीय संसद्‌मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro