site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षा क्षेत्र सुधारका निम्ति व्यापक जनदबाब आवश्यक : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका निम्ति आवाज उठाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताएका हुन् । 

उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागु गर्न पनि दबाब दिनुपर्ने जिकिर गरे । केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृत्ति रहेकाले सजग हुन उनले सुझाव दिए । भट्टराईले युवाको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको धारणा राखे । 

आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा शिक्षा र कृषि क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेपछि पछिल्लो समय त्यसलाई बढाउनेभन्दा पनि घटाउने काम भएको जिकिर गरे । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro