site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी र वामदेवको एकता अभियानबीच एकताका लागि सैद्धान्तिक समझदारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । 

बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

सो क्रममा अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका विषय सार्वजनिक गर्ने उल्लेख गरे । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए । 

पार्टीलाई एकताबद्ध गरेर गति दिने विषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने विषयमा सैद्धान्तिक समझादारी भएको बताए । एकताका लागि मिलाउनुपर्ने विषयमा निरन्तर छलफल गर्दै छिट्टै एकताको प्रक्रिया टुंगो लगाउने उनले बताए । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro