site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बलिदान’को छायांकनका लागि तीन करोडको सेट

काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ । मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ ।  

इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सन्तोष सेनले जानकारी दिए । 

तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले बताए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले बाह्रखरीसँग भने । 

क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ । “हसिना सिमसार क्षेत्रमा क्लाइमेक्सका लागि करिब ४० फिट अग्लो कालीदेवीको स्ट्याचु बनाएका छौँ,” उनले भने । उनले बस्ती नै निर्माण गरेको बताए । 

‘बलिदान’को छायांकन सक्न करिब १० प्रतिशत बाँकी रहेको छ । १३/१४ दिनमा सबै छायांकन सकिने उनले जानकारी दिए । 

सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतकाे अभिनय रहनेछ ।  

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् । 

चलचित्रको बजेट करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे थियो । “६ करोडमा चलचित्र बन्छ भनेर सुरु गरे पनि अहिले बजेट धेरै माथि पुगेको छ,” उनले भने । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro