site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं पार्टीको सयदिने विशेष अभियान समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ,” उनले भने, “मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ । अझै प्रभावकारी बनाउनुपर्छ ।”

सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेकामा उनले जोड दिए । “सम्पूर्ण नेपालीहरू चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरूको एकता र मेलमिलाप हुनुपर्छ,” उनले भने ।

सभापति देउवाले कांग्रेसलाई मात्र नभई देशभरका सबै नागरिकका निम्ति नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro