site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
किन आए चलचित्र निर्माणमा बुद्धी ?

काठमाडौं । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । 

पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन् । चलचित्रमा धिरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहनेछ । 

छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘कुस्ती’को मुख्य विषय हो । 

कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । 

“यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु,” उनले भने, “यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु ।” 

चलचित्र ‘कुस्ती’ २०८२ को भदौमा प्रदर्शन हुनेछ । 


 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro