site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लेखनाथ पौड्यालको १४१औँ जयन्ती मनाइयो

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।

सोही अवसरमा नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो । त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा श्रष्टाहरूले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली भएको बताए । 

कार्यक्रममा पौड्यालको सिर्जना वाचन गरिएको थियो । कवि शिरोमणि, नाट्यसम्राट र महाकविको सम्मानार्थ नई प्रकाशनको संयोजनमा ०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

पौड्यालको जन्म १९४१ पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । विसं ००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको व्यवस्था गरेका थिए । 

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त ०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । विसं ०२२ को शिवरात्रि अर्थात् फागुन ७ गते उनको देहावसान भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro