site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को काठमाडौं महानगर कमिटीद्वारा शनिबार वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा उनले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गरे । त्यसतर्फ लाग्न सबै तहका नेता–कार्यकर्तासँग एमाले अध्यक्ष ओलीले आग्रह गरे ।

कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानवजगत्को कल्याणका निम्ति काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । 

त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगर कमिटीका सदस्य सहभागी थिए । रासस

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro