site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीको 'अन्यायपूर्ण निर्णय'को विरोध गर्न भीम रावलको आह्वान
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को निष्कासनमा परेका नेता भीम रावलले आफूलाई पार्टीबाट हटाउने निर्णयको विरोध गर्न आह्वान गरेका छन् । बिहीबार नेता रावलले सामाजिक सञ्जाल एक्सबाट पार्टी कार्यकर्ता र सर्वसाधारणले केपी ओलीको 'अन्यायपूर्ण निर्णय'को विरोध गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

"सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु," उनले भनेका छन् ।

सत्ताको उन्मादमा ओलीले निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय गरेको उनको भनाइ छ । "निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो," उनले भनेका छन् ।

बुधबार बसेको एमालेको सचिवालय बैठकले ओलीलाई पार्टी हटाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro