site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आफ्नोबारे मात्र चिन्ता गरेर राजनीति चल्दैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अँगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।

"आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो, उहाँले आफ्नो जीवन अरूका लागि व्यतित गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन," उनले भने ।

नेता कोइरालाले देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro