site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारविरुद्ध देशैभर 'भण्डाफोर' कार्यक्रम गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले 'सरकारविरुद्ध देशैभर भण्डाफोर' कार्यक्रम गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको निष्कर्ष निकालेको छ ।

बैठकले सातवटै प्रदेशका साथै अन्य तहमा पनि सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनका अनुसार, बैठकले ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष निकालेको छ । त्यस्तै, सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेको निष्कर्ष बैठकको छ ।

बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समीक्षा गरिएको लिङ्देनले बताए ।

बैठकले सहकारी पीडितको बचत फिर्ताको सुनिश्चित गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro