site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अल्लू अर्जुनको घरमा भएको प्रदर्शनको बचाउमा आन्ध्र प्रदेशका मुख्यमन्त्रीले के भने ?

काठमाडौं । आन्ध्र प्रदेशका मुख्यमन्त्री रेवन्त रेड्डीले दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको घरमा भएको प्रदर्शनको निन्दा गरेका छन् ।

मुख्यमन्त्री रेड्डीले लेखेका छन्, “म फिल्म सेलिब्रिटीहरूको घरमा भएको आक्रमणको भर्त्सना गर्छु ।” उनले सुरक्षा व्यवस्था चुस्त राख्न पनि आग्रह गरेका छन् । 

“म राज्यका डीजीपी र सहर पुलिस आयुक्तलाई कानुन र व्यवस्थाको मामिलामा कडाईका साथ कार्य गर्न आदेश दिन्छु । यस मामिलामा कुनै पनि लापरबाही सह्य हुने छैन,” मुख्यमन्त्री रेड्डीले लेखेका छन् । 

उनले सन्ध्या थिएटरको घटनासँग कुनै सम्बन्ध नभएका प्रहरी अधिकारीहरूले बयान नदिन उच्च अधिकारीहरूले व्यवस्था मिलाउनुपर्ने बताएका छन् । 

“जहाँसम्म अल्लू अर्जुनको कुरा छ, हामीलाई कुनै पनि व्यक्तिसँग कुनै व्यक्तिगत रिस छैन । तर सबैजना राज्यको जिम्मेवार नागरिक हुनुपर्छ । मानिसहरुको सुरक्षा सबैका लागि महत्वपूर्ण छ भन्ने कुरा उनीहरुले बुझ्नुपर्छ र उनीहरुले पनि यसको पालना गर्नुपर्छ,” उनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अल्लू अर्जुनको चलचित्र ‘पुष्पा–२ : द रुल’को प्रदर्शनका क्रममा भागदौडमा परेर एक महिलाको मृत्यु भएको थियो । सोही घटनामा अर्जुनलाई प्रहरीले सोधपुछका लागि पक्राउ समेत गरेको थियो । 

उस्मानिया विश्वविद्यालयका विद्यार्थीले अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका थिए । प्रदर्शनबारीलाई रोक्ने क्रममा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । 

भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिन विद्यार्थीले माग गर्दै प्रदर्शन गरेका थिए । 

अभिनेता अर्जुनले मृतक महिलाका परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप दिने बताइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro