site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
द्वन्द्वमा हराएकाहरूको सम्झना र पर्खाइ (तस्बिरहरू)

काठमाडौं । सरकार–माओवादी द्वन्द्व सकियो । तर, त्यसको अवशेष जिवितै रह्यो । द्वन्द्वले परिवर्तन ल्याए पनि त्यसका नकारात्मक पाटो पनि छन् । द्वन्द्वमा आफ्ना–आफन्त गुमाउनको घाउ अझै आलै छ । 

बेपत्ताहरू जिवितै छन् वा मृत्यु भइसक्यो ? ‘न लास न सास’को अवस्थाबाट थुप्र परिवार गुज्रिरहेको वास्तविकताको नजिक रहेको कथा भन्ने नाटक हो, ‘हरि हजुरबा’ ।

तत्कालीन माओवादीले ‘क्रान्ति’का लागि भन्दै नातिनी घरबाटै जबरजस्ती उठाएर लगेपछि हजुरबा नातिनीको पर्खाइमा गाउँमा एक्लै बसिरहेका हुन्छन् । गाउँ रित्तिसकेको छ, हजुरबा नातिनी आउने पर्खाइमा उसैलाई कुरेर बसिरहेका छन् । बोल्ने साथीसम्म कोही छैन । उनको साथी भन्नु नै रेडियो हो । रेडियोले के समाचार भन्छ भनेर कान थापेर सुनिरहन्छन् । 

2-1734933493.jpg
नातिनीको सम्झनामा हजुरबासँग उसको स्विटर छ । जब हजुरबाको घरमा अचानक हुलाकी हरि आइपुग्छन् । त्यसपछि हजुरबाले पाउँछन् नातिनीको चिठी । तर, नातिनीले पठाएको भनेर हरिले ल्याउने चिठीमा हजुरबाले शंका गर्न थाल्छन् । कतै हरि पनि आफ्नै जस्तो कसैको पर्खाइमा समय विताइरहेको त छैन ? हजुरबाले सोध्छन् । हरि होइन भनेर जित्न खोज्छ । वियोगको पीडामा कपाल फुलाएका हजुरबाले हरिको कुरा पत्याउँछन् ? पत्याए के हुन्छ र नपत्याए के हुन्छ ? यही नै नाटकको ‘क्लाइमेक्स’ हो । यसकै वरिपरि नाटक ‘हरि हजुरबा’को कथा घुम्छ । 

4-1734933514.jpg
द्वन्द्वमा हराएकाहरूको सम्झना र पर्खाइ नै यो नाटकको कथा हो । हराइसकेका व्यक्तिको सम्झनाले दिने पीडा नै यो नाटकका कथा हो ।

नाटकको मुख्य भूमिकामा विजय बराल र नाजिर हुसेन छन् । नाजिरले नै निर्देशन गरेको नाटकमा कथा पनि उनी स्वयंको छ । 

5-1734933533.jpg
पुस ४ गतेबाट मञ्चन सुरु भएको नाटक २८ गतेसम्म मञ्चन हुनेछ । 

नाटकमा विजय र नाजिरसँगै  रियुल्साङ, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहेको छ । 

यो नाटकको निर्मातामा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ छन् ।

6-1734933562.jpg
7-1734933578.jpg
3-1734933601.jpg
तस्बिर : विजय बरालको फेसबुकबाट ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro