site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पनौतीमा तीन समाजसेवी सम्मानित 

काठमाडौं । साहित्यकार सुर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण हालै लोकार्पण गरिएको छ । पनौतीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त कृति विमोचन गरे । 

कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान गरियो ।

मन्त्री पाण्डेले संस्कृति र प्रकृतिमा नेपाल सम्पन्न रहेको बताए । नेपाललाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उनले जोड दिए ।

समालोचक मधु आचार्यले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरे । त्यस अवसरमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, शिव हुमागाईं, तीर्थ लामा, शम्भुलाल श्रेष्ठ र विजय कर्माचार्यले पनि बोलेका थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro