site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चार महिनापछि बोलाइयो लेखा समितिको बैठक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता तथा समिति सचिव एकराम गिरीले जानकारी दिए ।

गत भदौ ९ गतेयता बैठक बस्न सकेको छैन । समितिका पछिल्ला चार बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषयमा छलफल भएको थियो । त्यसपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठक बोलाउन अनिच्छा देखाए ।

भदौ ९ गते बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंकलाइनको प्रमाण माग गरेको थियो । त्यसपछि प्राधिकरणले करिब ७५ हजार पेज बराबरको विवरण समितिमा पठाइदिएको थियो ।

लामो समयसम्म बैठक नबसेको आलोचनापछि सोमबारका लागि बैठक डाकिएको हो । बैठकमा बेरुजुसँग सम्बन्धित छलफल गर्न बनेको उपसमितिको प्रगतिको समीक्षा गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro