site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रेग्मीको ‘बिछोडको घाउ’ बजारमा

काठमाडौं । दुई दशकदेखि अस्ट्रेलियामा रहँदै आएका गायक रमण रेग्मीले हालै नयाँ म्युजिक भिडियो ‘बिछोडको घाउ’ गीत बजारमा ल्याएका छन् । प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको यो म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन् ।  

प्रेममा बिछोडको भाव बोकेको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ । भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन् ।  

भिडियोमा त्रिकोणत्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ। जहाँ आफूलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाड्य प्रेमी रोजेको कथालाई देखाइएको छ । केशवराजकै कोरियोग्राफी रहेको भिडियोको छायांकन विशाल थापा र नरेश ऐरको गरेका हुन् भने कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन् ।

गायक रेग्मीले यसअघि ‘घर त लगनखेल’को रिमेक भर्सन, ‘मुखै चिलाउनी’, ‘खुला जमिन’, ‘मेसो पा छैन’, ‘हामी जनतालाई धेरै गाह्रो छ’, ‘नेपालै जाऊँ–जाऊँ लाग्छ’लगायत गीत ल्याइसकेका छन् ।

आफ्नो गायन यात्राका बारेमा कुरा गर्दै गायक रमण रेग्मीले  आफू सुगमसंगीत बाट नेपाली सांगेतिक क्षेत्रमा आएको र यसै क्षेत्रमा रहेर आफ्ना गीत संगीत पस्कने बताए । 

उनले भने, ‘‘आफ्नो सांगीतितिक यात्राको निरन्तरताको प्रतिफल नै ‘विछोडको घाउ’ हो । यो एउटा सुन्न मिल्ने गीत हो , जुन गीत लेख्दा अनि गाउँदा मलाई बेग्लै किसिमको आनन्द र सन्तुष्टि मिलेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro