site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्छ : सिंह

मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताएका छन् ।

निर्माणाधीन गणेशमान सिंह राजमार्गको शनिबार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार संघीयतालाई सबल बनाउन क्रियाशील रहेको बताए । उनले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन पनि दिए ।

काठमाडौंको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ ।

यसैबीच, थाहा नगरपालिका–९ मा कार्यकर्तालाई भेटेर नेता सिंहले कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताए । पार्टी कार्यकर्ताले जनताका घरदैलोमा पुगेर संगठनलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न आफूहरूले आउँदो निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक रहेको बताए । उनले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए ।

कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट–उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुन नहुने बताए । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro